देशभर डेंगु संक्रमण बढ्दो, ४ जनाको मृत्यु

२०८२ आश्विन २७, सोमबार

काठमाडौँ : देशभर डेंगु संक्रमण तीव्र रूपमा बढ्दै गएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२५ की सुरुदेखि हालसम्म ७५ जिल्लामा ५,८७४ जनामा डेंगु पुष्टि भएको र ४ जनाको मृत्यु भएको छ। पछिल्लो हप्तामा मात्र ४१३ नयाँ संक्रमित थपिएका छन्। गण्डकीमा सबैभन्दा बढी १५१ जना संक्रमित छन्, त्यसपछि बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जना छन्।

नेपालमा डेंगु पहिलोपटक सन् २००४ मा भेटिएको हो। हाल यो रोग देशभर स्थायी रूपमा फैलिएको छ र वर्षभर संक्रमणको जोखिम रहन्छ। पछिल्ला वर्षहरूमा हजारौँ संक्रमित र दर्जनौँ मृत्यु हुने क्रम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार