विपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो, तर उनी त अस्ताइसकेका रहेछन् : गगन थापा

२०८२ आश्विन २८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपिनको मृत्युको खबरले स्तब्ध बनाएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘विपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो, तर उनी त अस्ताइसकेका रहेछन् । यो खबरले स्तब्ध बनायो । हार्दिक श्रद्धाञ्जली !’

इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा विपिनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार