मधेसका मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

२०८२ आश्विन २८, मंगलवार

काठमाडौँ : मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ ।

मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै सिंहले राजीनामा दिएका थिए । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक विज्ञप्ति जारी गर्दै सिंहले नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएकी छन् ।

साथै नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको प्रमुख प्रमुख कार्यालयको तर्फबाट निजी सचिव  शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार