थुनछेक बहस नसकिएपछि महरालाई हिरासतमै फर्काइयो

२०८२ आश्विन २८, मंगलवार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराको थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमै फर्काइएको छ ।

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले गत आइतबार पक्राउ परेका थिए । आज काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महराको बकपत्र र त्यसपछि थुनछेक बहस भएको थियो । आज नसकिएकाले उनको बहस भोलि पनि चल्ने बताइएको छ ।

सीआईबीले हिजो (सोमबार) महरालाई अभियोगपत्रसाथ एकै पटक अदालतमा उपस्थित गराएको थियो । उनीविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार