काठमाडौँ : प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सहभागी भएको छैन।
अन्य सबै दलका प्रतिनिधि सभामुखले बोलाएको बैठकमा सहभागी भए पनि रास्वपा अनुपस्थित भएको हो। संसद् पुनर्स्थापनाको सवालमा आफ्नो पार्टीभित्र एकमत नरहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
‘हाम्रो मूल कुरा सभामुखले बोलाएको बैठकमा नजाने भन्ने हो,’ झाले भने। जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला गत भदौ २४ गते बिहान रास्वपाले प्रतिनिधिसभाबाट राजीनामा दिएको घोषणा गरेको थियो। ‘संसद् पुनर्स्थापनाको सवालमा हाम्रो पार्टीमा फरक धारणा छ।
रास्वपाका सबै सांसदले मौखिक रुपमा राजीनामाको घोषणा गरेका थिए। ‘भदौ २३ गते जेनजी आन्दोलनको क्रममा धेरै युवाको हत्या भएपछि यी हत्याराहरुसँग एउटै सदन बैठकमा बस्न सकिन्न भनेर हामीले राजीनामा घोषणा गरेका थियौँ,’ झाले भने, ‘तर, हामीले बुझाएको राजीनामाको विषयमा सभाुखले कुनै निर्णय गर्नु भएको छैन।’





