घट्यो पेट्रोलको मूल्य

२०८२ आश्विन २९, बुधबार

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।

निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो। मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५९ कायम गरिएको निगमले बुधबार विज्ञप्ति जारी गरेर जनाएको छ।

डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य यथावत राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार