काठमाडौं : जेनजी भन्दै विभिन्न सरकारी कार्यालयमा गई धम्क्याउने कार्यमा संलग्न अर्जुन शाही पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार शाहीलाई बुधबार साँझ साढे ७ बजे कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।उनले विभिन्न अपराधिक घटनामा संलग्न रही फरार रहेको भन्दै उनलाई नियन्त्रणमा लिएको जानकारी दिए । ‘विभिन्न अपराधमा संलग्न देखिएकाले पक्राउ गरिएको हो,’ भट्टराईले भने, ‘हाल उनीमाथि थप अनुसन्धान भइरहेको छ ।’
शाहीले आफूलाई जेनजी भन्दै सरकारी कार्यालयका कर्मचारीहरूलाई धम्क्याउँदै आएका थिए ।





