बुद्ध एयरका मालिक बस्नेतले खोले नयाँ दल

२०८२ आश्विन ३०, बिहीबार

काठमाडौं : बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले नयाँ दल खोलेका छन् ।

बस्नेतले खोलेको नयाँ दलको नाम गतिशील लोकतान्त्रिक पार्टी हो । सो दल आज निर्वाचन आयोगमा दर्ता भएको छ । बस्नेत भने पार्टीको सदस्यमात्रै छन् । उनको पार्टीको अध्यक्ष दिनेश प्रसाईंलाई राखिएको छ ।

यस्तै, महासचिवमा पियुस कायस्थको नाम छ । पार्टीको चुनाव चिन्ह भने ‘दीपज्योति’ प्राप्त भएको बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार