कांग्रेस बैठक भोलि दिउँसो १ बजे फेरि बस्ने

२०८२ आश्विन ३१, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठक सकिएको छ । असोज २८ गतेदेखि प्रारम्भ भएको बैठकमा  १० वटा विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाहले धारणा राखेका छन्।

यसैगरी आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले पनि बैठकमा धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठक शनिबार पुन: बस्नेछ । बैठक दिउँसो १ बजेदेखि सुरु हुने पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार