सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा १० प्रतिशत छुट

२०८२ कार्तिक १, शनिबार

काठमाडौं :  सिद्धार्थ बैंक र जर्मन होम्स प्रा. लि. बीच सम्झौता भई बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको छुट प्रदान गरिने भएको छ।

सम्झौता अनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्समा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशत सम्मको छुट पाउनेछन्।

बैंकले यस सहकार्यबाट ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रेरित गर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार