८० वर्षको देउवालाई कुट्नु शोभनीय हो ? : केपी ओली

२०८२ कार्तिक २, आईतवार

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि कुटपिट गर्नेप्रति प्रश्न उठाएका छन्।

आइतबार सम्पादकहरूसँगको छलफलमा ओलीले आफू प्रधानमन्त्री हुँदा देउवामाथि भएको कुटपिटको औचित्यमा प्रश्न गरेका हुन्। ‘म प्रधानमन्त्री थिएँ, शेरबहादुर देउवा किन कुटिनुभयो? ८० वर्षको मान्छे कुटिनु शोभनीय कुरा हो?’ ओलीले भने, ‘त्यत्रो उमेरको व्यक्तिमाथि खुकुरी प्रहार गर्नेहरू यही समाजको सभ्यता सिकेकाहरू हुन्?’

‘शेरबहादुर देउवाले कार्यवाहक दिनुभयो । उहाँ उपचारका लागि जानुभयो त कार्यवाहक दिनुहुन्न ? म कहीँ जाने भए भने नदिएर जान्छु होला ?’ ओलीले प्रतिप्रश्न गरे, ‘म यहीँ छु भने किन दिने कार्यवाहक ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार