काठमाडौं : मिस अर्थ प्रतिस्पर्धामा भाग लिन ‘मिस नेपाल अर्थ’ सोनी घले आइतबार फिलिपिन्सतर्फ प्रस्थान गरेकी छन् ।
१९ अक्टोबरदेखि मनिलामा प्रतिस्पर्धा सुरु हुँदैछ । फिनाले भने ५ नोभेम्बरमा हुने मिस नेपाल आयोजक द हिडन ट्रेजरले जनाएको छ । ‘मिस नेपाल पेजेन्टले ३१ औं वर्षगाँठ मनाइरहँदा सोनी घलेले मिस अर्थमा आफ्नो आकर्षक व्यक्तित्व, प्रतिभा, सौन्दर्य प्रस्तुत गर्नेछिन्’ द हिडन ट्रेजरले विज्ञप्तिमा भनेको छ ।
काठमाडौं विमानस्थलमा सोनीलाई द हिडन ट्रेजरका पदाधिकारीसहित सन् २०२५ को मिस नेपाल ब्याचका अन्य सदस्यले उनलाई शुभकामनासहित बिदाइ गरे । सो अवसरमा कुरा गर्दै सोनीले मुलुकको लागि आफूले उत्कृष्टता दिने प्रयास गर्ने बताइन् ।





