नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार

२०८२ कार्तिक ३, सोमबार

 काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार भएको छ ।

सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् । उनले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीसमक्ष निवेदन पनि दिएका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरको एसएसपी होविन्द्र बोगटीका अनुसार, कसले दुर्व्यवहार गरेको भन्नेबारेमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार