जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ : प्रचण्ड

२०८२ कार्तिक ५, बुधबार

काठमाडौं : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ ले जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन् ।

महोत्तरी रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका माग पूरा हुने बताएका हुन् । ‘अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुन सक्छन्,’ उनले भने, ‘अरू कसैले जेनजीका माग पूरा गर्दैनन् ।’

प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रको मुद्दा विगतदेखि नै माओवादीले उठाउँदै आएको चर्चा गरेका प्रचण्डले यसविरुद्धमा रहेकाहरूले जेनजीकाे भावना बुझ्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार