राष्ट्रिय जनमोर्चा रूपन्देहीका अध्यक्ष केसीको निधन

२०८२ कार्तिक ७, शुक्रबार

काठमाडौँ : राष्ट्रिय जनमोर्चा रूपन्देहीका अध्यक्ष टान बहादुर केसीको निधन भएको छ।

बिहीबार घरमै तिहार मनाइरहेका केसीको हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ। तिहारको टीका लगाएपछि घरमै दिदीबहिनीसँग नाचगान गरिरहेका केसी अचानक बेहोस भएका थिए। ‘घरमा नाचगान भइरहेको थियो, अचानक ढल्नुभयो। उपचारका लागि ल्याउँदा ल्याउँदै निधन भयो,’ पारिवारिक स्रोतले भन्यो।

केसीलाई उपचारका लागि बुटवल अस्पताल प्रालिमा ल्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। अर्घाखाँची जन्मेका केसी पछिल्लो २५ वर्षयता बुटवल उपमहानगरपालिका वडा नम्बर १९ नहरपुरमा बसोबास गर्दै आएका थिए। ५१ वर्षीय केसीका श्रीमती र ३ छोरा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार