पाल टाँगेर एमाले केन्द्रीय कार्यालय सञ्चालन

२०८२ कार्तिक ९, आईतवार

काठमाडौं : नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा अस्थायी रूपमा पाल टाँगेर नियमित रुपमा सञ्चालन गरेको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगजनी गरेपछि त्यहाँका अधिकांश कागजात, फर्निचर र संरचना जलेका थिए। त्यसपछि पार्टी केन्द्रीय कार्यालयको नियमित काम प्रभावित भएको थियो।

आगजनीबाट कार्यालय जले पनि अस्थायी रूपमा पाल टाँगेर नियमित रुपमा कार्यालय सञ्चालन गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार