काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य स्थिर रहेको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ३ हजार ६० रूपैयाँ कायम भएको छ ।





