काठमाडौं : सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित बैठक बसिरहेको हो । बैठकले केही महत्त्वपूर्ण नियुक्तिसहित दैनिक प्रशासनीक कामकारबाहीबारे निर्णय गर्नसक्ने बताइएको छ ।
मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।





