काठमाडौँ : नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा सोमबार दिउँसो भएको छलफलमा पार्टीको नामबारे छलफल भएको एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराई जानकारी दिए । ‘पार्टीको नामको विषयमा छलफल भएको हो । विभिन्न नाम छलफलमा छन् । भोलि बिहानसम्म टुङ्गिन्छ होला’, उनले भने ।
हिजो ८ दलबिच भएको सहमतिमा पार्टीको नाम खालि राखिएको थियो । छलफलमा नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टी लगायत नाममाथि छलफलमा चलिरहेको नेताहरूले बताएका छन् । आजको बैठकमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।





