प्रतिनिधिसभा पूनःस्थापना हुनेमा एमाले ढुक्क

२०८२ कार्तिक १८, मंगलवार

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा पूनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

सोमबार एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकारलाई संसद् र जनताले नचिनेको दाबी गर्दै संसद् पूनःस्थापना हुने दाबी गरेका हुन् ।

महासचिव पोखरेलले,‘जनताबाट निर्वाचित बहुमतप्राप्त सरकारले विघटन गर्दा पनि विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदन गर्ला भन्ने विश्वास गरेका छैनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार