काठमाडौं : फिल्म ‘आबाट आमा’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले बुधबार पोस्टर सार्वजनिक गर्दै १६ माघलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका हुन् ।
पोस्टरले कथावस्तु र चरित्र चित्रण दर्शाउँछ । ‘बा-आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनुपर्यो’ भन्ने बटमलाइन फिल्मको छ । यो नारा हेर्दा पनि फिल्मले सन्तान र अभिभावकको कथालाई पेश गर्छ । पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त चित्रण छन् । फिल्मको निर्देशन र पटकथा लेखन चन्द्र पन्तले गरेका हुन् । आर्या पन्तको प्रस्तुति छ ।
फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली छन् ।





