धनुषामा गोली हानेर वडाध्यक्ष यादवको हत्या

२०८२ कार्तिक २८, शुक्रबार

काठमाडौं : धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो । शुक्रबार साँझ ६ बजेतिर अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनुषााले जनाएको छ । उनी स्वतन्त्र निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार