काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
आइतबार आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको टुंगो लगाएको छ।
आयोगले आज कार्तालिकाबारे टुंगो लगाउँदै माघ ६ गते प्रत्यक्षतर्फका उम्मेदवारी मनोनयनको मिति तोकेको हो।





