चलचित्र ‘हर्ष’को दोस्रो गीत सार्वजनिक

२०८२ मंसिर २, मंगलवार

काठमाडौं : एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ।

गीतको भिडियोमा चलचित्रका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन्। सार्वजनिक गीतको भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी छ। एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ। नीरकमल खड्का (मामल)को शब्द रचना रहेको गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङ शैलेन्द्र एम प्रधान (बाबु)को छ।

गायक सनिश श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल सिजन २’बाट चर्चाका आएका थिए। चलचित्रमा खगेन्द्र र वर्षासहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार