डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

२०८२ मंसिर ३, बुधबार

काठमाडौँ : सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका–१२ स्थित बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिलकुमार महतो गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार दुवै जनालाई छातीमा गोली लागेको छ । उनीहरुलाई उपचारका लागि विराटनगर पठाएको उनले बताए ।

डीएसपी पालका अनुसार मध्यराति आएका डाँका समूहले लुटपाट गर्न खोजेको भन्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार भएको थियो । डाँका समूलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार