सरकार चुनाव गराउने मनस्थितिमा छैन : शंकर पोखरेल

२०८२ मंसिर ६, शनिबार

काठमाडौं : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई ‘विध्वंसको जगमा बनेको सरकार’ को संज्ञा दिँदै यसले निर्वाचन गराउने कुनै मनस्थितिमा नरहेको आरोप लगाएका छन् ।

शनिवार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘विध्वंसको जगमा उभिएको यो सरकार चुनावको कुरा गर्छ, तर वास्तविकता के हो भने यो सरकार निर्वाचन गराउने बाटोमा एक इञ्च पनि अघि बढेको छैन ।’

उनले प्रहरी प्रशासनको मनोबल गिराउने र सङ्गठनलाई कमजोर बनाउने काम भइरहेको भन्दै सरकारको कडा आलोचना गरे  । पोखरेलले भने, ‘जबसम्म नेपाल प्रहरीलाई सक्षम, सबल र स्वतन्त्र बनाइँदैन, तबसम्म मुलुकमा शान्ति-सुरक्षा कायम हुन सक्दैन । तर यो आधारभूत कुरालाई समेत वर्तमान सरकारले पूरै उपेक्षा गरेको छ ।’

उनले जनताको बलमा मात्रै देशमा स्थिरता र विकास सम्भव रहेको भन्दै आगामी दिनमा पार्टी थप सशक्त रूपले अगाडि बढ्ने उद्घोष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार