सप्तकोशी सिमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

२०८२ मंसिर ११, बिहीबार

काठमाडौँ : “पूर्वको गौरव” का रूपमा चिनिने सप्तकोशी सिमेन्ट लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ। यसका लागि कम्पनीले जारी पूँजीको २० प्रतिशत शेयर प्रति कित्ता रु. १०० अंकित मूल्यमा सार्वजनिक गर्ने भएको छ।

निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेड लाई प्रदान गरिएको छ। आईपिओ प्रक्रियासम्बन्धी औपचारिक सम्झौता मंसिर १० गते काठमाडौं, त्रिपुरेश्वरस्थित कम्पनी कार्यालयमा सम्पन्न भयो। सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष मोना जालान तथा सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन्।

दैनिक ६०० टन उत्पादन क्षमता रहेको सप्तकोशी सिमेन्टले नेपाल गुणस्तर मापदण्डअनुसार PPC तथा OPC 43 र 53 ग्रेड सिमेन्ट उत्पादन गर्दै आएको छ। एच.आर. गोयल समूहद्वारा प्रवर्द्धित कम्पनीले सन् २०१९ देखि व्यावसायिक उत्पादन सुरु गरेयता निरन्तर सञ्चालन नाफा कायम राख्न सफल भएको छ।

पूर्वी नेपालमा करिब २०% बजार हिस्सा ओगटेको कम्पनीले अन्य क्षेत्रीय प्रतिस्पर्धीहरुसँग उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गत वर्षको तुलनामा २७% बढी विक्री लक्ष्य हासिल गरेको छ। साथै, आ.व. २०८१/८२ को नाफाबाट कम्पनीले १२% बोनस शेयर पनि जारी गरेको छ।

प्रस्तावित आईपीओ बाट उठ्ने पुँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना तथा हाल सञ्चालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिनेछ। यसले उत्पादन प्रक्रियामा एकीकृतता ल्याई कम्पनीको प्रतिस्पर्धात्मक क्षमता, वित्तीय प्रदर्शन र दीर्घकालीन वृद्धिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार