रामकोटबाट पेस्तोलसहित एक जना पक्राउ

२०८२ मंसिर १२, शुक्रबार

काठमाडौं : पेस्तोलसहित एक जनालाई प्रहरीले नागार्जुन नगरपालिका–६ रामकोटबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–९ घर भएका ४१ वर्षीय मनोजकुमार सुन्दास छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हतियारसहित पक्राउ गरेको हो ।

उनीबाट पेस्तोल, म्यागजिन र ८ राउण्ड गोली बरामद भएको छ । पक्राउ परेका उनीविरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार