एनपीएल : कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत

२०८२ मंसिर १२, शुक्रबार

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्सले विराटनगर किंग्समाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कर्णालीले दिएको १६१ रनको चुनौती विराटनगरले १९.५ ओभरमा सात विकेट गुमाएर १६३ रन बनाउँदै पूरा गर्यो।

अन्तिम ओभरमा विराटनगरलाई १० रन आवश्यक थियो । क्रिजमा सन्दीप लामिछाने र बसिर अहमेद थिए । पहिलो बलमा बसिरले दुई रन लिए। दोस्रो बलमा एक रन जोड्दा स्ट्राइक सन्दीपकहाँ गयो। तेस्रो बलमा सन्दीपले दुई रन बटुले । तीन बलमा पाँच रन चाहिएको अवस्थामा चौथो बलमा एक रन लिएर बसिरलाई स्ट्राइक फर्काइएको थियो । पाँचौँ बलमा बसिरले छक्का प्रहार गर्दै विराटनगरलाई जित दिलाए।

विराटनगरका बसिर अहमेदले सर्वाधिक ६२ रन बनाए। ४३ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै उनी अन्तिमसम्म अविजित रहे। ६५–५ को अवस्थाबाट बसिरले नारायण जोशीसँग ६९ रनको साझेदारी गर्दै टिमलाई खेलमा फर्काए। नारायणले १६ बलमा दुई चौका र एक छक्कासहित २५ रन जोडे।

१५औँ ओभरमा ९४/५ को दबाबमा रहेका विराटनगरका लागि बसिर र नारायणले १६औँ ओभरपछि आक्रामक खेल्दै १७.४ ओभरसम्म ४० रन जोडे । साहिल पटेलले १९ रन र साम हेजलेटले १३ बलमा १६ रन बनाए। कर्णालीका सोमपाल कामी र गुल्सन झाले दुई/दुई विकेट लिए। पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले एक/एक विकेट हात पारे।

यसअघिको इनिङमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा तीन विकेटमा १६० रन बनायो । ओपनर पन्चालले ४७ बलमा ६३ रन बनाए। पन्चाल र विलियम बोसिस्टोबीच ९६ रनको साझेदारी भयो। बोसिस्टो ४८ रनमा अविजित रहे । मार्क वाट ६ रनमा आउट भए । गुल्सन झाले १० बलमा २० रन जोडे।

विराटनगरका मर्चेन्ट डी लिंगे र कप्तान सन्दीपले एक/एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार