काठमाडौँ : लमजुङको बेसीशहर नगरपालिका–२ भकुन्डेमा २०८१ चैतमा भएको पूर्व प्रहरी हवलदार सिता धिताल कँडेलको हत्यामा संलग्न चितवनका बुद्धिराम दराई भारतबाट पक्राउ परेका छन्।
चितवनका स्थानीय दराइलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको हो। घटनाको ८ महिनापछि बुधवार सीआईबीले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो। हत्या गरी फरार दराई भारत पुगेका थिए।
प्रहरीले मृतक कँडेलको शव २०८१ चैत ३१ गते आफ्नै घरभित्रको बेडमा प्लाइ र त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो। दराई ज्यान मुद्दामा कैद भुक्तान गरी छुटेका व्यक्ति भएको खुलेको छ ।





