प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट

२०८२ मंसिर १९, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेट गरेका छन् ।

आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने सन्दर्भका विविध पक्षमा छलफल गर्नका लागि शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिए ।

सो अवसरमा महामहिम राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सराहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोऱ्याए ।

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासलगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग–सद्भाव रहने विश्वास व्यक्त गरीन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार