नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डंगोल

२०८२ मंसिर १९, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री तथा विभागीयमन्त्री सुशीला कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई जिम्मेवारी दिएकी छन् ।

मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख डंगोलले शुक्रबारको निर्णयअनुसार महानिर्देशकको जिम्मेवारी पाएको बताए । उनले अर्को व्यवस्था नभएसम्म मन्त्रालयबाटै प्राधिकरण पनि हेर्ने बताए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरस्थित नलिन्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोग लगाएर अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेपछि उनलाई निलम्बन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार