सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

२०८२ मंसिर २०, शनिबार

उदयपुर : सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र)बहादुर कार्की तीन दिनदेखि बेपत्ता भएका छन् ।कटारी–१४ घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोशी पुलबाट तीन दिनअघि बुधबार दिउँसो कार्कीले हाम फालेका थिए ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठका अनुसार घटनास्थलमा कार्कीको टोपी र जुत्ता फेला परेको थियो । “शनिबार गोताखोर टोली आएर खोजी गर्ने तयारी छ”, निरीक्षक कार्कीले भने, “तीन दिनदेखि घटनाको अनुसन्धान र खोजी जारी राखे फेला पर्न सकेको छैन ।” घटनापश्चात प्रहरी, आफन्त र स्थानीयले डोरीको माध्यमबाट कोशीमा खोजी जारी राखे फेला परेको छैन ।

स्थानीयका अनुसार बुधबार दिउँसो कार्कीले पुलको मध्यभागबाट कोशीमा हाम फालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार