पुराना दल सकिन्छन् भनेर नसोच्नु : केपी ओली

२०८२ मंसिर २१, आईतवार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरू सकिए वा सकिन्छन् भन्ने सोच गलत भएको बताएका छन्।

च्यासलस्थित पार्टी कार्यालयमा शनिबार एमालेको मुखपत्र नवयुग ई-बुलेटिन शुभारम्भ समारोहमा उनले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घेराबन्दी तोड्ने र पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरे।

ओलीले महाधिवेशनलाई लोकतन्त्रको सफलतासँग जोड्दै त्यसलाई भव्य र सफल बनाउन सबैले जिम्मेवारीपूर्वक लाग्न आग्रह गरे। ‘यो महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो । त्यसैले यसलाई सफल बनाउनु पर्दछ,’ उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार