गीतकार पोखरेलको गीत ‘परेली’ सार्वजनिक

२०८२ मंसिर २५, बिहीबार

काठमाडौँ : गीतकार एवं चलचित्र निर्देशक, निर्माता डा. सुबोधकुमार पोखरेलको गीत ‘परेली’ सार्वजनिक गरिएको छ ।

दीपक शर्माको सङ्गीत रहेको गीतमा शिव परियारको स्वर छ । आधुनिक पप शैलीमा तयार गीतमा प्रेमीले प्रेमीका प्रशंसा गरिएका शब्दहरूले भरिएको छ । भिडियोमा बद्री प्रसाद तिवारी र रिस्ता बस्नेतको अभिनय छ ।

विमला तामाङको छायाङ्कन रहेको गीतको भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । भिडियोलाई गीतकार पोखरेलले नै निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार