काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर २४ गते बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत(कर प्रयोजनसहित) नगद लाभांश रहेको छ ।
कम्पनीको हालको चुक्तापूँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको छ । जसमा कम्पनीले सेयरधनीलाई १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश कार्यान्वयनमा आउनेछ ।





