काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत न्याय सेवा समूहका सहसचिव पुस्कर सापकोटा सचिवमा बढुवा भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको हो। न्याय सेवा आयोगले उनलाई बढुवाका लागि सिफारिस गरेको थियो।





