पूर्वमन्त्री रानाले लिए एमाले सक्रिय राजनीतिबाट विश्राम

२०८२ मंसिर २६, शुक्रबार

काठमाडौँ : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।

रानाले पारिवारिक समस्यका कारण पार्टीको जिम्मेवारीमा रहेर काम गर्न नसक्ने बताएका छन् ।

‘हाल मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्नसक्ने अवस्था नभएकोले भोलि २०८२ साल मंसिर २७–२९ सम्म काठमाडौंमा हुने यो ऐतिहासिक एघारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु’, उनले आज सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले सक्रिय राजनीतिक जीवनबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट आजसम्म प्राप्त अनुभव देश, जनता र पार्टीको हितमा क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरे । साथै, उनले महाधिवेशन सफलताको कामनासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार