काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ।
कम्पनीले आव २०८१/८२ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार ६० रुपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म बोनस पाउनेछन् ।
सावधिक जीवन बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीले प्रतिहजार ५ देखि १४ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ वर्ष वा सोभन्दा माथि अवधिका लागि ८५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
कम्पनीले यस योजनामा प्रतिहजार ५ देखि १४ वर्ष अवधि, १५ देखि २० वर्ष अवधि र २१ देखि २५ वर्षसम्मको अवधिका लागि समान ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
सावधिक तथा आजीवन बीमालेख
कम्पनीले यस बीमालेखमा न्यूनतम ६० रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीले प्रतिहजार ५ देखि १४ वर्षसम्मको अवधिका लागि ६० रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिसम्मका लागि ६० रुपैयाँ, २१ वर्षदेखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ वर्ष वा सोभन्दा माथि अवधिका लागि पनि ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
बाल अमृत सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेखमा प्रतिहजार ५ देखि १४ वर्ष र १५ देखि २० वर्षसम्मका लागि समान ६० रुपैयाँ बोनसदर कायम गरेको छ।
अग्रिम भुक्तानी आजीवन बीमालेख
कम्पनीले यस बीमालेखमा प्रतिहजार ५ देखि १४ वर्ष, १५ देखि २० वर्ष र २१ वर्षदेखि २५ वर्षसम्मका लागि एउटै ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।






