स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

२०८२ मंसिर २६, शुक्रबार

मोरङ : विराटनगर महानगरपालिका-५ भन्सार कार्यालय एक नम्बर ढाँटबाट स्रोत नखुलेको नगद ४ लाख ७० हजार रूपैयाँ सहित सोही महानगरपालिका-१५ बस्ने ४३ वर्षीय संजय चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार