पूर्वराजाको भान्जा बनेर ठग्ने अनुप सिंह फेरि पक्राउ

२०८२ मंसिर २६, शुक्रबार

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको ‘भान्जा हुँ’ भनेर ठग्ने अनुप कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी गरेको आरोपमा सिंहलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका–२७ असन घर भएर ललितपुर बस्दै आएका सिंह भारत भाग्दै गरेको अवस्थामा झापाको धुलाबारीबाट पक्राउ परेका हुन् । उनीसँगै उनका सहयोगी दोलखा घर भएका लड्डु श्रेष्ठ पनि पक्राउ परेका छन् ।

बेलायतमा पूर्व राजपरिवारको लगानीमा ड्रिमल्याण्ड नामको होटल सञ्चालनमा आउन लागेको भन्दै सिंहले सिन्धुली घ्याङलेकका ५० जना भन्दा धेरैलाई ठगेको आरोप छ । आफूलाई मनोज कुमार भनेर चिनाउने सिंह यसअघि पनि ठगी मुद्दामा पक्राउ परेर २०८१ चैत १ मा जेल चलान भएका थिए । जेलबाट छुटेपछि उनले फेरि ठगी धन्दा सुरु गरेको अनुसन्धानबाट खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार