काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनः स्थापनाको प्रक्रिया जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट हुन नहुने स्पष्ट पारेको छ ।
शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले भने, ‘राजसंस्था पुनः स्थापनाका लागि यदाकदा जनमत संग्रहको कुरा उठ्ने गरेको छ। राप्रपाको परिकल्पनामा राजसंस्था पूर्ण संवैधानिक र साझा संस्था हुनेछ, केवल पार्टीको होइन।’
उनका अनुसार, राजसंस्था अल्पमत वा बहुमतको आधारमा निर्णय गरिने संस्था होइन । यदि यस्तो साझा संस्थालाई अल्पमत वा बहुमतबाट निर्णय गर्न थालियो भने जटिलता बढ्ने खतरा छ।





