पाल्पा : पाल्पाको निस्दी–गाउँपालिका–४,मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो ।
उपचारको क्रममा थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको हो । नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दरको विकको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार निस्दी गाउँपालिका–४, ठोक्सिङबासका ४५ वर्षीय ओम कुमारी खाम्चा, निस्दी–७ हुवासका ३६ वर्षीय हेम कुमारी सारु र नवरपुर मध्यविन्दु नगरपालिका–१३ का ३१ वर्षीय बुद्धी माया विकको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।
दुर्घटनामा निस्दी गाउँपालिका–४ का २८ वर्षीय मिना कुमारी सुनारी, सोही स्थानका ९ वर्षीय नेवराज खाम्चा, ५ वर्षीय सालिन खाम्चा, ७३ वर्षीय नर बहादुर सुनारी, ७२ वर्षीय भुमिसरा सुनारी, नवलपुर मध्यविन्दु नगरपालिका १३ का १० वर्षीय लविस सुनार र प्रिन्सा सुनार घाइते भएका छन्। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ ।





