राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा

२०८२ पुष १, मंगलवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् ।

नेपाली काँग्रेसको सक्रिय राजनीति गर्न उद्देश्यले राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको थापाले बताएका छन् । सक्रिय राजनीति गर्न पदबाट राजीनामा दिएको उनले बताएका छन् ।

काँग्रेसले यही पुसको २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशनको मिति तय गरेको छ । सरकारले प्रतिनिधि सभाको मिति फागुन २१ गते हुने गरी मिति घोषणा गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा ११ माघका लागि तोकिएको छ । थापाको नाम राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि धनकुटाबाट सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार