इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भए : प्रदीप पौडेल

२०८२ पुष १, मंगलवार

काठमाडाैँ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने स्थिति सिर्जना भएको बताएका छन् । मंगलवार काठमाडौंमा डिजिटल राइट्स कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय भएको बताए। यो मानव अधिकारसँग जोडिएको विषय भएको पनि उनको भनाइ छ । सामाजिक सञ्जाल वा इन्टरननेट अक्सिजन जस्तै भएको बताउँदै नेता पौडेलले इन्टरनेको पूर्ण व्यवस्थापन भने गर्न नसकिएको बताए ।

सामाजिक सञ्जालको निषेध लोकतन्त्रको पक्ष नभएको बताउँदै डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली कांग्रेसको आदर्श, मूल्यमान्यतासँग जोडिएको विषय भएको उनले बताए ।

नेता पौडेलले सामाजिक सञ्जालको विषय आफूले उठाएर नै राजीनामा गरेको बताए। सामाजिक सञ्जाललाई पूर्ण ढंगबाट व्यवस्थित गर्न नसकिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार