ट्रयाक्टर दुर्घटनामा ३ जनाको मृत्यु, १९ घाइते

२०८२ पुष १, मंगलवार

काठमाडौं : मकवानपुरको बकैया गाउँपालिकामा मंगलबार दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

बकैया गाउँपालिका-७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा २२ जना घाइते भएका थिए। तीमध्ये गम्भीर अवस्थामा रहेका ३ जनाको उपचारका लागि अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा बकैया गाउँपालिका-७ अधेरी बस्ने अन्दाजी ५०/५५ वर्षीय केशव माझी, सोही स्थान बस्ने अन्दाजी ५०/५५ वर्षीय युवराज माझी र अन्दाजी ४५ वर्षीय सन्तलाल माझी रहेका छन्।

प्रहरीका अनुसार घाइतेहरूलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएकोमा दिउँसो करिब साढे २ बजेतिर डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका थिए। मृतक केशव र युवराजको टाउकोमा गम्भीर चोट लागेको थियो। दुर्घटनामा परेका अन्य १९ जना घाइतेहरूको हाल हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

कच्ची सडकमा अनियन्त्रित भई ट्रयाक्टर पल्टिएको हुनसक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार