काठमाडौं : नेकपा नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय तीन घण्टा थपिएको छ।
साँझ ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था भएकोमा तीन घण्टा थपिएको महासचिवका प्रत्यासी शंकर पोखरेलले जनाएका छन्। महासचिव पोखरेलका अनुसार अब ८ बजेसम्म भित्र प्रवेश गर्नेले मतदान गर्न पाउने छन्।
नेतृत्व चयनका लागि जारी मतदान निकै सुस्त गतिमा चलिरहेको छ। केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार दिउँसो ३ बजेसम्ममा ६ सय ५० मतदान भएको हो। बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो। ८० वटा मेसिनमा मतदान भइरहेको छ।





