‘एमालेविरुद्धको प्रहार चिर्दै नवयुवाहरूको भावनाअनुसार अघि बढ्छौँ’ : शंकर पोखरेल

२०८२ पुष ३, बिहीबार

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्।

महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्ने बताएका छन्।

उनले भने, एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर नवयुवाको भावना अनुसार विकास र समृद्धिको आकांक्षालाई अगाडि बढाउँछौँ। विकास र समृद्धिको यात्रालाई अगाडि बढाउँछौँ।

महाधिवेशनको सन्देश अनुसार पार्टी ओलीको नेतृत्वमा प्रतिगमनविरुद्ध एक ढिक्का भएर अगाडि बढ्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार