रवि लामिछानेलाई रिहा गर्न अदालतको आदेश

२०८२ पुष ३, बिहीबार

काठमाडौं : रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।

लामिछाने र जोशीले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए । आजको सुनुवाइमा लामिछानेका तर्फबाट अधिवक्ताहरु डा. नारायणदत्त कँडेल, दीपेन्द्र झा, महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गरेका थिए । यस्तै जोशीका तर्फबाट शिव गौडेल र रोचक जोशीले बहस गरेका थिए ।

सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले र जाहेरवालाका तर्फबाट अधिवक्ता सञ्जिव घिमिरेले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार