काठमाडौं : उदयपुरमा गएराति धारिलो हतियार प्रहार गरेर दाईले भाईको हत्या गरेका छन् ।
त्रियुगा नगरपालिका १ स्थितमा वर्ष ४३ का युवराज राईले आफ्नै ३० वर्षीय भाइ धर्मराज राईलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा राति २ बजे मृत्यु भएको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा दाईले आमालाई कुटपिट गरेको विषयमा वादविवाद हुँदा आफ्नै दाईले धारिलो हतियारले शरीरको विभिन्न स्थानमा प्रहार गरी फरार रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।





